आफ्नै घरदेश सम्झँदै प्रदीप

काठमाडौं । गायक प्रदीप लकान्द्रीको गीत ‘जाऊँ साथी फर्केर आफ्नै घरदेश’ बोलको गीत सार्वजनिक भएको छ । युट्युबमार्फत् सार्वजनिक भएको उक्त स्वेदशप्रेमी गीतमा लकान्द्रीको आफ्नै शब्द, संगीत र स्वर रहेको छ ।

कृष्णभक्त राईको सङ्गीत संयोजन र मुस्कान मुकारुङको रेकर्ड तथा मिक्सिङ रहेको गीत सेवा रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको हो । भिडियोलाई जीवन मुकारुङले सम्पादन गरेका छन् । भिडियोलाई सिमिकलुङ दर्पणमार्फत् हेर्न सकिनेछ ।