काठमाडौं । लेखक, निर्देशक तथा कलाकार ओम प्रतीकले अभिनय कक्षा सिकाउनका लागि डान्स मन्त्र एकेडेमी अफ पर्फमिङ आर्टस् सञ्चालनमा ल्याएका छन् । चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईले बुधबार आर्टस्को शुभारम्भ गरे ।
मन्त्रका संचालक निर्देशक, लेखक तथा कलाकार ओम प्रतीकले कलाकारितामा नै आफूले केही शिक्षा दिन सकुँ भन्ने उद्देश्यले सञ्चालनमा ल्याएको बताए । कलाकारितामै जीवन समर्पण गरिरहँदा नवप्रतिभाहरुलाई पनि कलाकारिताको प्रशिक्षण दिएर दक्ष बनाउन डान्स मन्त्रले पूरा गर्ने ओम प्रतीकले बताए ।
विकास बोर्डका अध्यक्ष भट्टराईले कलाकारितामै जीवन समर्पित गरेका प्रिय मित्र ओम प्रतीकको कार्य प्रशंसनीय रहेको बताउँदै कला क्षेत्रमा लाग्नेहरुका लागि डान्स मन्त्रले टेवा पुर्याउने बताउँदै शुभकामना व्यक्त गरेका थिए ।
डान्स मन्त्रको निर्देशक रुमी गुरुङ रहेकी छन् भने यसको कारियोग्राफर सुरज प्रधान रहेका छन् । सुरज प्रधान पहिला डीआइडी हुँदै नेपालमा पनि धेरै समूहहरुमा रहेका नृत्य निर्देशकको काम गरिसकेका छन् । त्यस्तै दुबईमा पनि नृत्य सिकाउँदै आएका सुरजले डान्स मन्त्रमा पनि आफ्नो कला प्रस्तुत गर्ने भएका छन् ।
डान्स मन्त्रमा हिपहप, क्लासिकल, कल्चरल, एरोबिक, फ्री स्टाइल, कन्टेम, साल्सा, जुम्बा लगायतका कक्षाहरु संचालनमा रहेको छ । गोपीकृष्ण हलको अगाडि रहेको डान्स मन्त्रमा अभिनय र स्क्रिप्ट लेखनको पनि कक्षाहरु संचालन हुने संचालक प्रतीकले बताए ।