मिस नेशनल आइकनले देखाए प्रतिभा

काठमाडौं । ‘मिस नेशनल आइकन–२०१९’का प्रतियोगीले आ–आफ्नो कला प्रस्तुत गरेका छन् । ‘ट्यालेन्ट राउण्ड’अन्र्तगत प्रतियोगीहरुले प्रतिभा देखाएका हुन् । ब्राइट इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘मिस नेशनल आइकन’को यो दोस्रो संस्करण हो । यस संस्करणमा १३ प्रतियोगी अन्तिम प्रतिस्र्धामा छन् । उनीहरुले बिहीबार राजधानीमा आयोजित एक समारोहबीच गीतसंगीत, नृत्य, अभिनयलगायतका कला देखाएका थिए ।

ट्यालेन्ट राउण्डका लागि संगीतकार मिलन मोक्तान, ड्याटसनका जनरल मेनेजर ज्ञानेन्द्र चन्द, फस्ट रनरअप, प्रियंका पुरी, निर्देशक उमेश गुरुङ र आयोजक संस्थाका अध्यक्ष तथा गायक धनीराम राई निर्णायक थिए ।

प्रतियोगीहरुलाई कोरियोग्राफर रोजिन शाक्यले क्याटवाकलगायत विभिन्न आत्मविकासबारे प्रशिक्षण दिँदै आएका छन् । यसपटक पनि अघिल्लो संस्करणमा जस्तै प्रतियोगीहरुबीच कडा प्रतिस्पर्धा हुने भएको छ ।

‘मिस नेशनल आइकन’को शीर्ष विजेता २६ लाख रुपैयाँ ड्याट्सन कार पाउनेछन् भने फस्ट रनरअप र सेकेण्ड रनरअपले क्रमशः स्कुटी र नगद ५० हजार प्राप्त गर्ने इभेन्ट डाइरेक्टर सोनाम राई र मनुकुमारी लिङ्देनले जनाए । नेपालमा हुँदै आएका यो प्रतियोगितामध्ये सबैधन्दा बढी पुरस्कार भएको प्रतियोगिता पनि हो ।  प्रतियोगिताको अन्तिम प्रतिस्पर्धा यही १८ बैशाखका जमलस्थित राष्ट्रिय नाचघरमा हुने आयोजक संस्थाका अध्यक्ष धनीराम राईले बताए ।