वर्षाको पेटमा पलको बच्चा ?

काठमाडौं । आगामी जेठ ३ गतेबाट रिलिज हुने फिल्म ‘वीर विक्रम २’ को ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलरमा फिल्मकी नायिका वर्षा शिवाकोटी प्रति नायकद्वय पल शाह र नाजिर हुसेनको आशक्त प्रेमलाई देखाइएको छ ।

ट्रेलरको एक दृश्यमा पलले ‘मेरो बच्चाको आमा बन्न लायक कोही छ भने त्यो यही केटी हो’ भन्दै वर्षाको गर्भवती भुँडीमा चुम्बन गरेका छन् ।

मिलन चाम्सको निर्माण तथा निर्देशन रहेको फिल्ममा बुद्धि तामाङ, देशभक्त खनाल, विनिशा भण्डारी, विनोद सुवेदी खत्री, मनिष लिम्बुलगायतको पनि अभिनय छ । अर्पण सापकोटा निर्माता रहेको फिल्ममा हिमाल केसीको द्वन्द्व, प्रदीप भारद्वाजको लेखन र सुदिप बरालको छायांकन छ ।