विद्यमान वेथितिको कथामा सानेको मन्द–मन्द

काठमाडौं । सस्पेन्स कथामा ‘मन्द–मन्द’ नामक फिल्म निर्माण हुने भएको छ । राजबहादुर सानेको लेखन र निर्देशनमा बन्ने फिल्ममा बिनय श्रेष्ठ, प्रमोद अग्रहरि र रबिन्द्र झा अनुबन्धित भइसकेका छन् भने केही कलाकार छनौट कार्य हुदैछ ।

रुद्राक्ष फिल्मस्को ब्यानरमा रुद्र खनाल कार्यकारी निर्माता रहेको फिल्मको सुटिङ बैशाख तेश्रो साताबाट सुरु गरिदैछ । टेकराज रेग्मी र कमल गिरी निर्माता रहेको फिल्म काठमाडौ,नारायणघाट,बुटवल,कोहलपुर, सुर्खेत, कालिकोट हुदै जुम्ला र मुगुका बिभिन्न स्थानमा खिचिने जानकारी निर्देशक सानेले दिएका छन् ।

दिब्यराज सुबेदीले खिच्ने फिल्मका गीतको कोरियोग्राफर रामजी लामीछाने छन् । ‘मन्द–मन्द’ मा नेपाली समाजमा बिद्यमान बेथितिको बिषयलाई मनोरञ्जनात्मक तवरले प्रस्तुत गरिने निर्देशक साने बताउछन् ।