जेठ १७ मा जाग्दै कुम्भकरण

काठमाडौं । फिल्म ‘कुम्भकरण’ले आफ्नो फष्टलुक सार्वजनिक गर्दै आगामी जेठ १७ गतेलाई रिलिज मिति तोकेको छ । निर्देशक दीपक ओलीले फिल्मको रिलिज मिति नसार्ने गरी फष्टलुक सार्वजनिक गरिएको बताएका छन् । फिल्मको सार्वजनिक २ पोस्टरमा गौरव पहाडी, निशा अधिकारी, भोलाराज सापकोटा र अभय बराल फिचर्ड छन् ।

आकाश पल इन्टरटेनमेन्टको व्यानरमा निमार्ण भएको फिल्म सस्पेन्स, कमेडी र लभस्टोरी कथामा आधारित छ । फिल्ममा प्रमोद अग्रहरि, आकाश पल, कुलदिप अधिकारी, कमल गाउले, प्रतिभा छेत्री लगायतका कलाकारको पनि अभिनय रहेको छ । फिल्ममा दिपक ओलीको कथा, महेश दवाडीको पटकथा तथा संबाद चित्र बहादुर घर्ति मगर र क्षितिज बस्नेतको निर्माण गिरप्रसाद घर्ति मगर र विजय श्रेष्ठको सहनिर्माण, रोम ओली र चुपनिधि रिजाल(अरुण)को कार्यकारी निर्माण छ ।

रिच इन्टरटेनमेन्टका करण श्रेष्ठले वितरण गर्ने सिनेमामा गोबिन्द मधुर आचार्यको संगीत, सुनिल बसेलको कोरियोग्राफी, हरि घले लामाको छायाँकन, मिलन श्रेष्ठको सम्पादन रहेको छ ।