सागर माथि रमाउँदै सुजता र दिवस

काठमाडौं । फिल्म ‘रे’को पहिलो गीत ‘सागर माथि’ सार्वजनिक भएको छ । निर्देशक दिनेश पौडेलको निर्देशन रहेको फिल्मको गीतमा मेलिना राई र ओम सुनारको शब्द, राजेन्द्र त्रिपाठीको संगीत र गायक सुनारको संगीत छ ।

सगुन फिल्मसको ब्यानरमा निर्मित फिल्म आगामी असार २७ गते रिलिज हुँदैछ । श्री राम बालाजी फिल्मस्ले वितरण गर्ने फिल्ममा सुनिल थापा, दिवस धिताल, पुर्णिमा लामा, सुजता थापा, क्रान्ति बराइली, अभि जोशी, रक्षा गुरागाई, सुशील थापा, सुरभ पराजुली, पुजा भट्टराई र जोबिका गौतमको अभिनय छ ।

काठमाडौं उपत्यकामा मनाइने जात्रा र त्यससँग सम्बन्धित अलौकिक शक्तिको कथामा आधारित रहेर निर्मित फिल्ममा कुमार श्रेठको द्वन्द्व र प्रकाश त्रिपाठीको निर्माण छ ।