प्रियंकासँग युवराजको लटर पटर

काठमाडौं । गायक युवराज चौंलागाईंको नयाँ गीत ‘लटर पटर’को भिडियो सार्वजनिक भएको छ । गीतमा साहित्यकार एवम् गीतकार राजेन्द्र थापाको शब्द र दिपक शर्माको संगीत छ । युवराजलाई गायनमा अनुष्का पाठकले साथ दिएकी छन् ।

भिडियोमा प्रियंका कार्की, सुनिल क्षेत्री र गायक युवराज फिचर्ड छन् । गम्भिर विष्टको कोरियोग्राफी रहेको यस गीतमा नवराज उप्रेतीको छायांकन र नविन निरौलाको सम्पादन छ ।