रोजनलाई र्यापर विनोदको साथ

काठमाडौं । गायक तथा संगीतकार बिनोद ढकालले ११ वर्षे बालक रोजन बराइलीलाई नेपालकै कान्छा ¥याप गायकको रुपमा प्रस्तुत गरेका छन् ।

बाल्यकालदेखि नै ¥याप संगीतमा आकर्षित भएका धादिङका बराइलीलाई गायक ढकालले आफ्नै संगीतको नया“ ¥याप गीत ‘दुःख’ मार्फत सांगीतिक क्षेत्रमा ल्याएका हुन् । गायक ढकालको समेत स्वर रहेको उक्त गीतमा कान्छा ¥यापर बराइलीले ¥याप हानेका छन् । उक्त गीतको म्युजिक भिडियो हालै सार्वजनिक भएको छ ।

रमाइलो कुरा के छ भने उक्त गीतका रचनकार पनि ¥यापर बराइली नै हुन् । गीतमा दिनेश श्रेष्ठको संगीत संयोजन छ । गायक ढकाल पछिल्लो समय आफ्नो लामो कपाल छोट्याएर चर्चामा आएका थिए । विवाह बन्धनमा बा“धिनका लागि गायक ढकालले झण्डै एक दशकअघि पालेको कपाल काटेका हुन् ।

‘दुःख’ को म्युजिक भिडियोलाई सोनम पाख्रिनले निर्देश्ँन गरेका हुन् । उक्त गीतमा ठिट्ठा साबको उपनामले चिनिने कलाकार किशोर भण्डारी, कविता आलेमगर तथा जोर्डन राजभण्डारीले अभिनय गरेका छन् । सञ्जित श्रेष्ठद्वारा छायांकन गरिएको उक्त म्युजिक भिडियोलाई माधव बेल्बासेले सम्पादन गरेका हुन् ।