फूल जस्तैमार्फत श्यामको पुनरागमन

काठमाडौं । गायक बिबी गुरुङ (बलबहादुर) को प्रस्तुती रहेको लोक तथा दोहोरी गीत हो ‘फूल जस्तै’ सार्वजनिक भएको छ । राजधानीमा सोमबार पत्रकार सम्मेलन गरि ‘फूल जस्तै’ गीत सार्वजनिक गरिएको हो ।

गीतमा गायक तथा मोडल सुजन लम्सालको शब्द तथा संगीत रहेको छ । ‘फूल जस्तै’ लोक तथा दोहोरी गीतमा गायक बिबि गुरुङ (बलबहादुर) र लोक किन्नरी गायिका बिष्णु माझी सुमधुर स्वर रहेको छ । जसमा कोरस स्वर गायक प्रसाद खप्तरी मगर, यज्ञ बिक, बाबुकृष्ण परियार, गायिका मनमाया वाईबा, सरु थापा र बिन्दा परियार रहेको छ ।

मारुनी स्टुडियोमा रेकर्ड गरिएको ‘फुल जस्तै’ गीतलाई कुमार रानाले मिक्सिङ गरेका हुन् भने एरेन्जर कृष्ण बिक ‘भान्जा’ले गरेका हुन् । जसको रेकर्डिस्ट सुमन राना हुन् । गीतको म्युजिक भिडियोतर्फ बिपी फिल्मस्को निर्माणमा छायांकन गरिएको हो ।

भिडियोलाई मौसम हिमालीको निर्देशनमा श्याम घिमिरे र जुना सुन्दास लगायतको नृत्य तथा अभिनय रहेको छ । जसमा करिब सय जना कोरसको नृत्य देख्न पाइन्छ । करन चैसिरको छायांकन रहेको ‘फूल जस्तै’ लाई प्रविन भट्टले सम्पादन गरेका हुन् ।