दुई मोडलसँग सर्दै शिल्पा

काठमाडौं । गायक कृष्णभक्त राईको आवाजमा रहेको नयाँ गीत ‘सरु’ को भिडियो सार्वजनिक भएको छ । गीतमा लिलकृष्ण पुनको शब्द तथा संगीत रहेको छ । लामो समयदेखि जापानमा बस्दै आएका स्रस्टा लिलकृष्ण पुन नेपाली गीत संगीतमा सक्रिय नाम हो ।

सागर बिरहीले संगीत संयोजन गरेको गीतको भिडियोलाइ क्रान्ति केसीले सम्पादन तथा निर्देशन गरेका हुन् । अजय रेग्मीले छायांकन गरेको भिडियोलाइ संगम ईन्टरटेन्मेन्टले निर्माण गरेको हो ।

गीतको भिडियोमा बिक्रम बुढाथोकी, अभिनेत्री शिल्पा पोखरेल र प्रकाश गौतम फिचर्ड गरिएको छ । भिडियोलाई संगम ईन्टरटेन्मेन्टको अफिसियल यु ट्युब मार्फत सार्बजनिक गरिएको हो ।