स्रष्टालाई पसिनाको सत्कर्म सम्मान

काठमाडौं । भोलि शुक्रबारबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘पसिना’ले गत बुधबार राजधानीमा एक कार्यक्रम गर्दै स्रस्तालाई सत्कर्म मार्गी सम्मान दान गरेको छ । पूर्वमन्त्री तथा समाजसेवी भद्रकुमारी घलेको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा चलचित्रका कलाकार तथा अन्य समाजका लब्ध प्रतिष्ठित व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो।

घलेले कलाकारहरु सरोज खनाल,रबि गिरि,गौरब पहाडी,सुरजनी केसी,छायाँकार राम कुमार केसी,नृत्य निर्देशक शिब बिक,शारदा प्रसाद धिताल,राम काजी बस्न्यात,समिता केसी,अनिता केसी,सचिन रौनियार,संगीता शाह,सहिम शाह.गीता देवी मैनाली,संगीता धमला,मीना शर्मा,दिपक डोटेल,सोनि अधिकारी,दीपशिखा शर्मा,सावित्री भुजेल,मोहन देव बिस्ट,सीमा राइ,राजेन्द्र कपाली,मान बहादुर तामाङलाई सम्मान गरेका थिए ।

चलचित्रलाई आर बि खत्री ‘शरद’ ले निर्देशन गरेका हुन् चलचित्रको कथा पनि निर्देशकले नै लेखेका हुन् । पछिल्लो समय निर्माण भएका चलचित्रमा मजदुरका कथा प्राय देख्न पाइन्न । ‘गरौ सत्कर्म, बगाउ पसिना’ भन्ने नारा बोकेको चलचित्रले पसिना बगाएर मात्र नहुने भन्दै सत्कर्म गर्न पनि आवश्यक रहेको सन्देश दिने छ । शान्ता ढकाल निर्माता रहेको चलचित्रमा संजय महतो कार्यकारी निर्माता रहेका छन् ।

गौरव पहारी, अनु शाह, सरोज खनाल, सरोज अर्याल, रवि गिरी, धुर्ब कोइराला, शारदा गिरी, सुरजनी केसी लगायतका कलाकारको मुख्य भूमिका रहेको गीतमा फिल्ममा राम केसीको छायाँकन, राजनराज शिवाकोटी, दिपक शर्मा र थिरज राइको संगीत, नविन निरौलाको सम्पादन, शिव विक र राजिव समरको नृत्य र देव महर्जनको द्वन्द रहेको छ । फिल्ममा शान्ता ढकालको लगानी छ ।