विद्यार्थीसँग रमाए आप्पा दयाहाङ

काठमाडौं । दयाहाङ राई स्टारर फिल्म ‘आप्पा’को नयाँ ओएसटी गीत ‘अमला’ गीत सार्वजनिक भएको छ । गीत रिलिजसँगै फिल्मले यसअघि सार्वजनिक रिलिज मिति जेठ २४ लाई फेर्दै असार १३ गतेलाई नयाँ मिति तोकेको छ । फिल्मको सार्वजनिक गीतमा रेनेशा वान्तवा राईले निर्देशन गरेकी छन् ।

गीतमा हर्क साउदको शब्द, एसडी योगी र सुशान्त गौतमको संगीत तथा मेलिना राई र एसडी योगीको स्वर छ । गीतको भिडियोलाई किरण थापा, बुद्ध लामा र सुरैन राईले कोरियोग्राफी गरेका हुन् । रवी न्यौपानेले छायांकन गरेको गीतलाई निमेष श्रेष्ठले सम्पादन गरेका हुन् ।

बाबु छोराको सम्बन्धको कथामा निर्माण भएको फिल्मलाई अनमोल गुरुङले निर्देशन गरेका हुन् । यो अनमोलको डेब्यु निर्देशकिय फिल्म हो । अ माउन्टेन स्टोरीज प्रोडक्सन र सिनेमा आर्टको संयुक्त ब्यानरमा निर्माण भएको फिल्मका कार्यकारी निर्माता रामबाबु गुरुङ हुन् । ‘आप्पा’मा रुदेन सादा लेप्चाको लगानी रहेको छ ।

फिल्ममा दयाहाङ राई, सिद्धान्त राज तामाङ, अल्लोना काबो लेप्चा, निर्देशक तथा निर्माता तुलसी घिमिरे, अरुणा कार्कीलगायतका कलाकारको समेत मुख्य भुमिका रहेको छ । ‘आप्पा’मा निर्देशक अनमोल गुरुङको कथा, अनमोल गुरुङ र उमेश उपमाको पटकथा तथा संवाद, शैलेन्द्र डि कार्कीको छायाँकन, अनमोल गुरुङ र शैकात देवको संगीत, निमेष श्रेष्ठको सम्पादन फिल्ममा रहेको छ ।