रुबिनासँग सुशीलको प्रेमिल लभ डायरिज

काठमाडौं । फिल्म ‘लभ डायरिज’को दुई फस्टलुक सार्वजनिक भएको छ । सार्वजनिक पोस्टरमा फिल्मका नायक सुशील श्रेष्ठ र नायिका रुविना थापाको प्रेमिल भावलाई देख्न सकिन्छ । सौरभ चौधरी निर्देशित फिल्म फिल्म असोज ३ गतेबाट रिलिज हुँदैछ ।

फिल्ममा विश्वजित रिमाल, विष्णु सापकोटा, अर्जुनजंग शाही, विशाल पहारीको पनि अभिनय छ । विनोद सापकोटाले निर्माण गरेको फिल्मले युवायुवतीबिचको माया प्रेम र कमेडीलाई प्रस्तुत गरेको छ ।

सरोज तुलाधरको समेत लगानी रहेको फिल्ममा साहिल खानको सम्पादन तथा सहायक निर्देशन, मिलन श्रेष्ठको पनि सम्पादन, संजय लामाको छायांकन, कविराज गहतराजको कोरियोग्राफी, अर्जुन पोखरेलको संगीत छ ।