दबङ ३ मा युवा सलमान

मुम्बई(एजेन्सी) । सलमान खानको फिल्म ‘भारत’ जूनमा रिलिज हुँदछ । यो फिल्ममा सलमान एक युवादेखि बुढो पुस्तासम्म देखिन्छन् । उनी फिल्म ‘दबङ ३’ मा पनि युवा अनुहारमा देखिनेछन् । जसका लागि कम्प्यूटर जेनरैटेड इमेजरी (सीजीआइ)को प्रयोग गरिएको छ । फिल्ममा चुलबुल पान्डेको भूमिकामा देखिन उनलाई युवावस्था बनाउन लागिएको हो ।

फिल्ममा सलमानको भूमिकालाई विगतको चुलबुल पाण्डेको लुक्समा पनि देखाइनेछ । युवाअवस्थाको सलमान देखाउनका लागि सीजीआईको प्रयोग गरिएको हो ।

‘दबंग ३’ मा सलमानका साथ एकपटक पुनः अरबाज खान र सोनाक्षी सिन्हा देखिनेछन् । यसपटकको फिल्मको फिल्मको निर्देशन प्रभु देवाले गरिरहेका छन् । यो भन्दा अघिको फिल्मको अरबाज खानले निर्देशन गरेका थिए । फिल्म २० डिसेम्बर २०१९ मा रिलिज हुनेछ ।