गिभिङ दिवसमा दीपाले बाँडिन खुशीका झोला

काठमाडौं । फिल्म निर्देशक दीपा बस्नेतले विश्वभर मनाइने आर्ट अफ गिभिङ दिवसको अवसर पारेर तारकेश्वर नगरपालिका गोलढुंगामा रहेको मातृ नेपाल अपांग संघद्वारा सञ्चालित बालगृहमा आश्रित बालबालिकालाई खुशीले भरिएको झोला वितरण गरेकी छन् । बस्नेतको संयोजकत्वमा सञ्चालित बालगृहमा आश्रीतहरुलाई खाद्यान्न, स्टेशनरी लगायत सामाग्री प्रदान गरिएको थियो ।

संसारमै सबैभन्दा ठुलो निःशुल्क आदिवासी आवासीय विद्यालय भनेर चिनिएको भारतको ‘कलिंगा इन्स्टियुट अफ सोसियल साइन्स (किस)’को सहयोगार्थ नेपालमा मनाइएको उक्त कार्यक्रममा किसकी नेपाल प्रतिनिधी निर्देशक दिपासँगै व्यावसायी शैलेन्द्र तुलाधरले सहजिकरण गरेका थिए ।

‘मातृ नेपाल अपांग गृह’मा ‘कलिंगा इन्स्टियुट अफ सोसियल साइन्स (किस)’ले विगत ३ वर्ष यता खाद्यान्नमा सहयोग गर्दै आएको छ । कार्यक्रममा ‘मातृ नेपाल अपांग संघ’ले ‘कलिंगा इन्स्टियुट अफ सोसियल साइन्स (किस)’ले गर्दै आएको सहयोगको कदरस्वरुप सम्मानपत्र प्रदान गरेको थियो ।

फिल्म ‘अन्तराल’ र ‘श्री ५ अम्बरे’को निर्देशन गरेकी बस्नेत केहि वर्षदेखि सामाजिक कार्यमा पनि उत्तिकै सक्रिय छिन् । ‘आर्ट अफ गिभिङ्ग’ दर्शनका प्रतिपादक डा.अच्युत सामन्त हुन् । यो दिनमा विश्वभर गरेर करिब १ करोड असाहय गरिब तथा अनाथहरुलाई भोजन गराइँदै आइएको छ ।