बैमानीमा खुल्यो नीता र आमेशको नयाँ प्रेम

काठमाडौ । नायिका निता ढुंगाना र नायक आमेश भण्डारी अभिनित म्यूजिक ‘बैमानी बैमानी’ सार्वजनिक भएको छ । गीतमा जीतु श्रेष्ठ र अनु अधिकारीको स्वर छ । केहि बर्ष पहिले गहिरो प्रेममा रहेका नीता र आमेशको झण्डै तीन बर्ष अगाडी ब्रेकअप भएको थियो ।

ब्रेकअप पछि आ(आफ्नो तरिकाले काम गरिरहेका उनिहरुले पहिलोपटक म्यूजिक भिडियोमा काम गरेका हुन् । यसअघि उनिहरुले दुई चलचित्रमा सँगै काम गरेका थिए । यो भिडियोमा अभिनय गरेसँगै आमेश र नीताको प्याचअप भएको खबरहरु पनि बाहिरिएका थिए । यद्यपी उनिहरु भने अहिले आफुहरु मिल्ने साथी भएको बताउँछन् ।

नायक भण्डारी आँफै गायक समेत हुन् । उनले यसअघि आफ्ना गीतहरुमा मात्र अभिनय गर्दै आएका थिए । नीताले अभिनय गर्ने भएपछि गीत पनि राम्रो भएको कारण पहिलो पटक अरुको गीतमा अभिनय गरेको उनले बताए । यसबाट नीता र आमेशबीच पुनः सम्बन्ध सुध्रिएको अनुमान लगाउन सकिन्छ ।

मिलन सुर्खेतीको संगीत रहेको यस गीतमा योगेन ढोलीको शब्द रचना रहेको छ । रोशन दाहालको छायांकन तथा सम्पादनमा बनेको भिडियोलाई बिदुर सिवाकोटीले निर्देशन तथा कोरियोग्राफी गरेका छन् ।