काठमाडौं । फाल्गुनन्द लिङ्देन फिल्म्स्द्वारा नयाँ फिल्म ‘पायल’ निर्माण हुने भएको छ । दिनेश लिङ्देनको लेखन तथा निर्देशन रहने फिल्मको छायांकन केही दिनपछि उपत्यका आसपासमा गरिनेछ ।
निर्देशक लिङ्देनका अनुसार फिल्ममा समाजमा घटिरहेका हत्या, हिंसा, बलात्कारविरुद्ध आवाज उठाउने कथालाई देखाइनेछ । फिल्ममा नरेन्द्र सेन्दाङ, राजकुमार लिङदेन, सपना ठकुरी, उषा पराजुली, उदय सुब्बा, राजु घिमिरे, प्रेम आले, मेघ मगर, दिलिप ठकुरी, आमन खान आदि अभिनय रहनेछ ।
फिल्ममा विकास चौधरीको संगीत, दिनेश माङमुको नृत्य, कुमार श्रेष्ठको द्वन्द्व र विक्रम डिसिको छायांकन छ । फिल्ममा अभिनय गर्न नायक नरेन्द्र सेन्दाङ अमेरिकाबाट नेपाल आइपुगेका छन् । फिल्मको कार्यकारी निर्माता बसन्त थेबे हुन् भने सहनिर्मातामा मेखबहादुर मगर र प्रस्तुतकर्तामा आरपि दाहाल छन् । फिल्मकी निर्मात्री कविता राई हुन् ।