राजेशपायलले गाए जापानी यामानो मुसुमे वा

काठमाडौं । गायक राजेशपायल राई नेपालका भर्सटायल गायक हुन भन्नेमा दुई मत छैन । उनी नेपालका विभिन्न भाषासँगै विदेशी भाषाका गीत गाउन पनि पोख्त छन् । हिन्दी, भोजपुरी भाषाका गीत गाईसकेका राजेशपायलले हालै मात्र जापानी भाषाको गीत ‘यामानो मुसुमे वा’ गाएका छन् ।

गीतमा खिसिमोतो यासुहिरोको शब्द र सचिन सिंहको संगीत छ । गीतमा अमुलको एरेन्ज, मित्र लामाको रेकर्डिङ रहेको गीत संगम स्टुडियोमा रेकर्ड गरिएको हो । गीतमा मित्र लामाको मिक्सिङ, अधिनायकमान शेरचनको सम्पादन छ ।