सिटिजन युकेमा सोलो अग्नी

काठमाडौं । गायक दिपक लिम्बूको एकल स्वरमा आधुनिक गीति एल्बम ‘सिटिजन युके’ सार्वजनिक भएको छ । बेलायतमा बस्दै आएका गीतकार अग्निप्रसाद केदेम लिम्बूको एकल शब्दरचना रहेको एल्बममा चर्चित संगीतकार महेश खड्काको एकल संगीत रहेको छ ।

गीति एल्बम ‘सिटिजन युके’को ललितपुरको मानभवनस्थित बिएफबिएस रेडियो कार्यक्रममार्फत सार्वजनिक गरिएको हो । बरिष्ठ गीतकार डा. कृष्णहरि बराललगायतका कलाकारले एल्बमको सार्वजनिक गरेका थिए ।

प्रथम ‘नेपाली तारा’समेत रहेका चर्चित पाश्र्वगायक दिपकको यो छैटौँ एकल एल्बम हो भने गीतकार अग्निप्रसादको पहिलो हो । भूपु ब्रिटिस आर्मीसमेत रहेका गीतकार अग्निप्रसाद लामो समयदेखि बेलायत बस्दै आएका छन् ।

सार्वजनिक एल्बममा जम्मा पाँच वटा गीत समावेश छ । जसमा सिटिजन युके, कोखबाट जन्म पाउँदा, यात्रा लामो, बोली बचन र तिमीले नै जीन्दगीको बोलका गीत रहेका छन् ।
पछिल्लो समय गीति लेखन सुरु गरेका गीतकार केदेमले ‘सितिटजन युके’मा आफ्नै अनुभूति र भोगाइहरुलाई गीतमा उतारेको सुनाए ।

उनले भने, ‘मैले गीत लेख्न सुरु गरेको धेरै भएको छैन । तर, जति पनि गीत लेखेको छु, ती सबै मेरै अनुभूति र भोगाइहरु हुन् ।’ ब्रिटिस आर्मीबाट रिटार्यड भएप्’ि ब्रिटिस आर्मीबाट रिटार्यड भएपछि गीति लेखनमा सक्रिय भएका उनले डेढ दर्जन आफ्नो गीत रेर्कड गर्न सफल भएको सुनाए ।