कालो बादलमा अनेक पीडा

काठमाडौं । वियोगान्त देउडा गीत ‘कालो बादल’ भिडियो सार्बजनिक गरिएको छ । आर पी अवस्थी, दिपक संगम बिसी,देवी घर्ति र पूर्णकला बिसीको स्वर रहेको छ । आर पी अवस्थीको शब्द तथा दिपक संगम बिसीको संगीत रहेको गीतको भिडियोलाइ भिम थापाले निर्देशन गरेका हुन् ।

भिडियोमा रश्मि भट्ट,आर पी अवस्थी, दिपक संगम बिसी,पशुपति खनाल,डोल बहादुर थापा,सूर्या मगरको अभिनय रहेको छ । भिडियोमा बासु बरालको छायांकन छ । भिडियोमा समसामयिक र अहिलेको यथार्थ घटनालाइ चित्रण गरिएको छ ।