काठमाडौ । सौन्दर्य प्रतियोगिता ‘मिसेस आर्यन नेपाल २०१९’को ताज कविता ढकालले जितेकी छन् । उनले ‘पव्लिक च्वाइस’ र ‘मोस्ट स्मार्ट’को विधागत उपाधि पोल्टामा पार्दा स्पार्कल पुरी ‘फस्ट रनरअप’ र सीमा थापा खड्का ‘सेकेन्ड रनरअप’ भए ।
राष्ट्रिय नाचघरमा भएको फाइनलमा ‘मिसेस आर्यन नेपाल’को मुख्य निर्णायक सुगारिका केसीले सोधेको अन्तिम प्रश्नको उत्कृष्ट जवाफ दिदै कविताले उपाधी जितेकी हुन् । विजेता ढकाललाई पुर्व मिस नेपाल सुगारिकाले ताज पहिराइदिइन् । विजेताले ताज, ट्रफि र प्रमाणपत्र पाएका थिए ।
एमाजोन इन्टरटेन्मेन्टले विवाहित महिलाहरुको क्षमता अभिवृद्धि र सामाजिक काममा अग्रसर गराउने उद्देश्यले आयोजना गरिएको ‘मिसेस आर्यन नेपाल २०१९’ को सबटाइटलमा क्रमशः सीमा थापा खड्का ‘बेस्ट ट्यालेन्ट’, स्पार्कल पुरी ‘बेस्ट फोटोजेनिक’, अस्मिता बसुला ‘बेस्ट स्किन’, पुजा रानी गैरे ‘बेस्ट हेयर’, स्वास्थानी न्यौपाने ‘बेस्ट स्माइल’, पुजा रानी गैरे ‘मोस्ट पपुलर’ र स्पार्कल पुरी ‘बेस्ट ड्रेस’ भए ।
‘मिसेस आर्यन नेपाल २०१९’को प्रतिस्पर्धीहरुलाई कोरियोग्राफ एमाजोन इन्टरटेन्मेन्टका अफिसिय कोरियोग्राफर हिमानी सुब्बाले गरेकी थिइन् । प्रतियोगीतामा निर्णायक मण्डलमा पुर्व मिस नेपाल सुगारिका केसी, सुभ आचार्य र निशु महर्जन रहेका थिए ।
विजेताहरुलाई ताज, ट्रफी, प्रमाणपत्र एमाजोन इन्टरटेन्मेन्टका अध्यक्ष कमल खतिवडा, अफिसिय कोरियोग्राफर हिमानी सुब्बा, जजहरु, अफिसियल फोटोग्राफर विशाल राइले प्रदान गरेका थिए । कार्यक्रममा विभिन्न मनोरञ्जनात्मक नृत्यहरुपनि प्रस्तुत गरिएको थियो ।