झट्कामा कसलाई लाग्यो झट्का

काठमाडौं । फिल्म ‘झट्का’को ट्रेलर सार्वजनिक भएको छ । टेलिफिल्म ‘मेरी बास्सै’मा ‘दाह्री बा’का रुपमा परिचित सुरवीर पण्डितलाई हिरोका रुपमा प्रस्तुत गरिएको फिल्मको ट्रेलरका अधिकांश संवाद द्विअर्थीका छन् ।

रमेश बिसुंखेको कथा, पटकथा र संवाद तथा निर्देशन रहेको फिल्ममा रात्री जीवनको कथा प्रस्तुत गरिएको छ । आगामी जेठ ३१ गते रिलिज हुने फिल्ममा सुरविर पण्डित, श्यामलाल श्रेष्ठ, मनिता श्रेष्ठ, रक्षा गुरागाईं, ईश्वर गुरुङ, उमेश बिसुङ्खेलगायतका कलाकारको अभिनय छ ।