काठमाडौं । निर्देशक बलिराम चौहानको निर्देशनमा बन्ने फिल्म ‘ल्याङ्ग ल्याङ्ग’को मुहूर्त गरिएको छ । निर्माण टिमले मंगलबार ललितपुरको कार्यविनायक मन्दिरमा पूजा गर्दै मुहूर्त गरेको हो ।
भोलि बुधबार काठमाडौंको लाजिम्पाटदेखि नै छायांकन सुरु गर्ने निर्देशक चौहानले बताए । उनका अनुसार ३५ दिनको छायांकन तालिकासहित छायांकन सुरु गरिनेछ । यो फिल्मको छायांकन काठमाडौं, झापा र सुनसरीको इटहरीमा गरिनेछ ।
स्काइफल पिक्चर्सको प्रस्तुति रहने फिल्मको स्लोगन ‘हरेक युवाको कथा’ राखिएको छ । फिल्मले युवा चरित्र र उनीहरूको दैनिक जीवनका उतारचढाव प्रस्तुत गर्ने निर्देशक चौहानले बताए ।
फिल्ममा रिहान गिरी, सन्तोष बानियाँ, जीवन जंग बस्न्यात, गुराँस ढकाल, प्रज्वल दुलाल, बिनोद सिंह थापा, सुप्रिया खनाल, हिउँवाला गौतम, सवी थापा, श्रेया श्रेष्ठ, सुगम दुलाल र सिर्जना बानियाँलगायत कलाकारको अभिनय रहनेछ ।
फिल्मको कथा बलिराम चौहान र उपाश्री खतिवडाले मिलेर तयार पारेका हुन् । स्काई फल पिक्चर्सको ब्यानरमा फिल्म निर्माण हुन लागेको हो । फिल्ममा रवी रोक्काको छायांकन, अर्जुन पोखरेल, प्रशान्त शिवाकोटी र अभिषेक निरौला (एनमक्स) को संगीत, महेश मगर प्रोडक्सन म्यानेजर, रेलिजाश्रेष्ठ प्रोडक्सन डिजाइनर, साश्वत श्रेष्ठको बिजिएम र मित्र डी गुरुङको सम्पादन रहनेछ ।








