बीग बोसमा जाँदै राजपाल

मुम्बई(एजेन्सी) । भारतीय टेलिभिजन रियालिटी शो ‘बिग बोस १३’ चाँडै नै टेलिभिजनमा आउन लागेको छ । टेलिभिजनमा शो आउन लागेपछि यसपटक को को सेलिब्रेटीले धमाल मच्चाउनेछन् भन्ने चासो सर्वत्र छ । हालै मात्र गायिका नेहा कक्कड उनका पूर्व प्रेमी हिमांशु कोहलीसँग बीग बोसमा सहभागी हुन्छिन् भन्ने समाचार बाहिर आएको थियो ।

उनीबाहेक जरीन खान, विवेक दाहिया, अंकिता लोखंडे, रश्मि देसाई, मेघना मलिक, करण वोहरा, देबोलीना भट्टाचार्य र करण पटेल जस्ता टेलिभिजन कलाकारलाई बीग बोसको घरमा आउनका लागि अफर गरिसकिएको छ ।

यसैबीचमा एक सेलिब्रेटीको नाम पनि बाहिर आएको छ । बलिउडका प्रख्यात कमेडियन राजपाल यादव पनि बीग बोसको घरमा सदस्यका रुपमा जाने तयारीमा छन् । समाचार अनुसार शोका निर्माता राजपाललाई शोको हिस्सा बनाउन चाहन्छन् । तर राजपालको तर्फबाट भने कुनै प्रतिक्रिया आएको छैन ।

राजपाल केही वर्षयता निकै खराब समयमा गुज्रिरहेका छन् । उनीमाथि धोकादारीको आरोप लागेको छ । यही आरोपका कारण उनी लामा समयदेखि जेलमा बिताइसकेका छन् ।
यदि राजपाल यो शोमा आए पनि उनले जिन्दगीका धेरै नयाँ कुरा र दर्शक देख्न पाउनेछन् । यसपटकको शोको सञ्चालक सलमान खान नै हुनेछ ।