भिडियोमा फूल्नै नदिई कोपिला झार्ने

काठमाडौं । लोक गायक प्रकाश चन्द र गायिका सिर्जु अधिकारीको नयाँ लोकदोहोरी गीत ‘फुल्नै नदिई कोपिला झार्नेहरू’को म्युजिक भिडियो युट्युबबाट सार्वजनिक भएको छ ।

भरत आरसीको शब्दमा भद्र नकलको सङ्गीत रहेको उक्त गीतको म्युजिक भिडियोको युवा निर्देशक गणेश उपाध्यायले गरेका छन् । गीतमा जीवन थापा ‘क्षितिज’, रिया कार्की, रामचन्द्र धिमाल, तिलक थापा, सन्तोष थापा लगायतको अभिनय रहेको छ ।

भिडियोको छायांकन उमेश कार्कीले गरेका छन् । भोजपुरको अरुण गाउँपालिकाका विभिन्न स्थान र अरुण नदी किनारमा भिडियो छायाङ्कन गरिएको निर्देशक उपाध्यायले बताए ।