सलमानको भारतले बनायो यस्तो ६ रेकर्ड

मुम्बई(एजेन्सी) । बलिउड अभिनेता सलमान खान बक्स अफिसका सुल्तान भन्दा कम छैनन् । सलमानले यसपटक पनि फिल्म ‘भारत’को रिलिजसँग आफू बलिउडको सुल्तान भएको प्रमाणित गरेका छन् । विश्वकप क्रिकेटको फिभरका बीच सलमानको फिल्म गत ५ जुनमा रिलिज भएको थियो । फिल्मले पहिलो दिन नै ४२ दशमलब ३० करोड रुपैंयाँको रेकर्ड कमाई ग¥यो । फिल्मले बक्स अफिसमा कब्जा जमाएसँगै अन्य कैयौं नयाँ रेकर्ड पनि बनाएको छ ।

सलमान–कटरीना कैफ–अब्बास जफरको कोरियरको ठूलो ओपनिङ
सलमान खान र कटरीना कैफको सुपरहिट जोडीले कैयौं हिट फिल्म दिएका छन् । एकपटक पुनः ‘भारत’मा जब यो जोडी आयो । सलमानका फ्यानका लागि कुनै ट्रिट भन्दा कम रहेन । दुवैको जोडी दर्शकले रुचाउनेसँगै बक्स अफिसमा पनि जबरदस्त कमाई गरिरहेको छ । पहिलो दिनको कमाईसँगै ‘भारत’ सलमान, कटरीना र अलीको करियरको हालसम्मको सबैभन्दा ठूलो ओपनर बनेको छ । यो भन्दा अघि सलमान–कटरीनाको ‘टाइगर जिन्दा है’ले यो रेकर्ड राखेको थियो ।

वर्षको सबैभन्दा ठूलो ओपनर
‘भारत’ सन् २०१९ कै सबैभन्दा ठूलो ओपनर फिलम बनेको छ । पहिलो नम्बरमा हलिउड फिल्म ‘एभेन्जर्सः एन्डगेम’ छ । यो फिल्मले पहिलो दिन ५३ करोडको कमाई गरेको थियो । यो फिल्म भारतमा चार भाषामा रिलिज गरिएको थियो ।

सलमानले तोडे आफ्नै रेकर्ड
सलमान इदमा आफ्ना फ्यानका लागि फिल्म उपहार स्वरुप दिन्छन् । सलमानको ‘भारत’ ले उनको हालसम्म इदमा रिलिज भएका अन्य फिल्मको रेकर्ड पनि तोडेका छन् ।

सलमानको करियरको ठूलो ओपनर
सलमान खानको करियरमा हालसम्मकै ठूलो ओपनरका रुपमा फिल्म ‘प्रेम रतन धन पायो’ थियो । यो फिल्मले ४० दशमलब ३५ करोडको कमाई गरेको थियो । तर त्यो कमाईलाई ‘भारत’ले तोडिदियो ।

२०१९ कै ठूलो ओपनर
सन् २०१९ मा रिलिज भएका फिल्ममध्ये ‘भारत’को कमाई बलिउडको सर्वाधिक ठूलो ओपनर हो । यो भन्दा अघि कलंकले पहिलो दिन २१ दशमलब ६० करोड, केसरीले २१ दशमलब ६० करोड, गली ब्वाईले १९ दशमलब ४० करोड र टोटल धमालले १६ दशमलब ५० करोडको व्यापार गरेको थियो ।

सबैभन्दा ठूलो रिलिज
सलमान खानको ‘भारत’ ७० देशमा १३ सय बढी स्क्रिनमा रिलिज भयो । भारतमा मात्र यो फिल्मले ४७ सय स्क्रिन पाएको थियो । कुल मिलाएर फिल्मले ६ हजार बढी स्क्रिन पाएको थियो ।