हे बरैमा आए भुवन प्यासी

काठमाडौं । गायक भुवन प्यासीको फरक शैलीको गीत ‘हे बरै’को भिडियो सार्वजनिक भएको छ । विशेष गरी आधुनिक गीतमा आफ्नै शैलीका कारण लोकप्रिय बनेका गायक प्यासीले लोक, आधुनिक र र्याप मिसाउदै ‘हे बरै’ को गीत बजारमा लिएर आएका हुन् ।

गीतमा शब्द तथा संगीत प्यासीको नै रहेको छ । उनलाई गीतमा गायिका मेलिना राईको साथ दिएकी छिन् । मिस्टर आरजेले गीतमा र्याप दिएका हुन् भने पुस्कर सुनुवारले संगीत संयोजन गरेका हुन् ।

ललिपुरको गोदाबरी गार्डेन परिसरमा छायांकन गरिएको यस गीतमा गम्भीर विष्ट र जेविका कार्कीलाई फिचरिंग गरिएको छ । गायक प्यासीको पनि गीतमा अभिनय रहेको छ ।गीतको भिडियोमा शिव विकको निर्देशन तथा कोरियोग्राफी छ । अर्जुन तिवारीले छायाकंन रहेको भिडियो सुप्रिम पराजुलीले सम्पादन गरेका हुन् ।केहि समय अघि ‘माईली’ गीत लिएर आएका गायक भुवन प्यासीको ‘हल्का हल्का’ ,ट्राफिक जाम’ जस्ता सफल गीतहरु बजारमा लिएर आईसकेका छन् ।