कता जाँदैछन् मारुनीका पुष्प र साम्राज्ञी ?

काठमाडौं । आगामी भदौ १३ गते रिलिज हुने फिल्म ‘मारुनी’को पहिलो गीत ‘जाम्न माया जाम’ सार्वजनिक भएको छ । गीतमा नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह र नायक पुष्प खड्का फिचर्ड छन् । गीतमा गायक दीपक बज्राचार्यको स्वर तथा संगीत र रिक्की शाक्यको शब्द छ ।

पूनम इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको फिल्मको गीतमा प्रविन सिंहको कोरियोग्राफी छ । भिडियोमा सय बढी कोरस फिचर्ड छन् । गीतको भिडियोलाई प्रविण सिंहले कोरियोग्राफी गरेका हुन् ।

फिल्ममा नवल नेपालको निर्देशन छ । फिल्ममा पुनम गौतमको लगानी तथा राजा प्रधान, दर्शना केसी र मिना क्षेत्रीको सह लगानी छ ।