एकसाथ दुई भजन संग्रह सार्वजनिक

काठमाडौं । संगीतकार शालिकराम घिमिरेको एकल संगीत एवं गायक शशिविक्रम थापाको एकल स्वर रहेको दुई भजन एलबम ‘त्रिवेणी १’ र ‘त्रिवेणी २’ सार्वजनिक भएको छ । साहित्यकार एवं गीतकार रत्नशम्सेर थापाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा सार्वजनिक एलबमका गीतलाइ कलाकार एवं साहित्यकार रत्न बेहोसीले समीक्षा गरेका थिए ।

कार्यक्रममा गायक एवं संगीतकार शशिविक्रमले लाइभ प्रस्तुती पनि दिएका थिए । एल्बमका गीतमा जनार्दन न्यौपाने, शिवजी प्रसाद न्यौपाने, मनोहर गौतम, केशव पाठकलगायत संगीतकार घिमिरे र गायक थापाको पनि शव्द रचना रहेको छ ।