कति रातमा ब्युझिए ज्योति

काठमाडौं । चित्रकार, गायक एवं संगीतकार ज्योति प्रकाशको स्वर र संगीतमा रहेको ‘कति रातहरु’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।  नेपाली चित्रकलामा ख्याति कमाएका उनले नेपाली सुगम संगीतलाई अझ नयाँ उचाइमा लैजान सक्ने प्रसस्त सम्भावना देखिन्छ । सानै देखि कला, संगीत र साहित्यमा रुचि भएका गायक ज्योतिको यस सार्बजनिक गीतको भिडियोमा नेपाली समसामयिक विषय बस्तु उठान गरिएको छ ।

चन्द्र भट्टचनद्वारा लेखिएको यस गीतलाई गायक ज्योति प्रकाशले आफैं संगीत भरेका छन् । यस कति रातहरु बोलको गीतको भिडियोलाई मिलन कार्कीले निर्देशन गरेका छन् भने सन्तोष पिथाकोटी मगरले खिचेका हुन् ।

मिलन कार्की आफैंले सम्पादन गरेको यस भिडियोमा पुस्तक रेग्मी, रञ्जु भुजेल र भिम मगरको अभिनय रहेको छ । यस गीतलाई परेली संगीतको युट्युव च्यानलबाट सार्बजनिक गरिएको छ ।