काठमाडौं । फिल्म ‘प्रेमगीत’ को तेश्रो शृंखला ‘प्रेमगीत ३’मा अनुभव रेग्मीले बाल राजकुमार प्रदीप खड्काको भूमिकामा अभिनय गर्ने भएका छन् । फिल्मको बालकलाकारका लागि अनुभवलाई निर्माण संस्था आसुसेन फिल्मस् अनुबन्ध गरेको छ ।
सम्झौता अनुसार अनुभवले फिल्ममा मुख्य अभिनेता प्रदीप खड्काको बाल्यअवस्था अर्थात प्रेमको भूमिका निर्वाह गर्नेछन् । फिल्मका निर्देशक तथा निर्माता सन्तोष सेनले उनको भूमिका पनि निकै प्रभावशाली भएको बताए । फिल्ममा यसअघि मुख्य नायकमा अभिनेता प्रदीप खड्का सहित अभिनेता शिव श्रेष्ठ, खलअभिनेता सुनिल थापा, मोडल मनिष राउत, प्रेम पुरीसहितका कलाकारहरु अनुबन्धित भईसकेका छन् ।
चलचित्रको प्रिप्रोडक्सन अन्र्तगतको कास्टिङ चयनको कार्य पुरा हुन लागेको पनि निर्देशक सेनले जानकारी गराए । उनका अनुसार अबको एक हप्ता भित्र प्रेम गीतमा गीतको भूमिकाको लागि नायिकाको चयनको घोषणा पनि गरिने छ यो टिमले प्रेम गीत ३ का लागि हिरोइन अडिसन आहवान गरेको थियो ।
जसका लागि विश्वभरी रहेका २७ सय २४ जना नेपाली युवतीहरुले फारम भरेका थिए । त्यस मध्येबाट उत्कृष्ट २५को अडिसन हालै सम्पन्न गरिएको हो । ती २५ बाट सर्वोत्कृष्ट एक जनालाई नायिकाको रुपमा चयन गर्ने तयारीमा आफुहरु रहेको पनि निर्देशक सेनले जानकारी गराए । फिल्ममा छेतेन गुरुङको पनि निर्देशन छ ।