कुकुरसँग दिन बिताउदै सलमान

मुम्बई(एजेन्सी) । अभिनेता सलमान खानको आफ्नो कुकुरसँग ठूलो लगाव छ । उनी कुकुरलाई निकै माया गर्छन् । सलमान प्रायः सामाजिक सन्जालमा कुकुरसँगको तस्बिर सेयर गर्छन् । जसको चर्चा निकै राम्रो हुन्छ ।

फिल्म ‘दबंग’ स्टारले गत बुधबार इन्स्टाग्राममा एक तस्बिर अपलोड गरे । जसमा सलमान आफ्नो फ्रेञ्च बुलडगसँग देखिएका छन् । यो तस्बिरको क्याप्सनमा सलमानले ‘सबैभन्दा प्रिय, बफादार र निस्वार्थ प्रजातिसँग समय बिताइरहेको छु’ भन्दै क्याप्सन लेखेका छन् ।

सलमानको दुई कुकुर माइ सन र माइ जानको सन् २००९ मा निधन भएको थियो । उनको अर्को एक कुकुर डगी लवको गत वर्ष निधन भएको थियो । सलमान चाँडै नै फिल्म ‘इन्शाअल्लाह’मा आलिया भट्टसँग देखिँदैछन् ।