केशवको गीतमा ताप्लेजुङको पाथीभरा

काठमाडौं । पूर्वी पहाडी जिल्ला खोटाङमा जन्मिएका गायक केशव राई विगत दुई दशकदेखि गीत–सङ्गीत क्षेत्रमा क्रियाशील रहँदै आएका छन् । कर्मको सिलसिलामा हाल मकाउमा बस्ने उनी आफू जहाँ रहेता पनि आफ्नो माटो, कला र संस्कृतिलाई कहिल्यै भुल्न नसक्ने बताउँछन् ।

‘अजम्बरी फूल’ र ‘जुत्ता चाइनाको’ नामक गीति–एल्बम प्रकाशन गरिसकेका राई साङ्गीतिक क्षेत्रका लोकप्रिय प्रतिभा हुन् । छोटो समयको लागि यसबेला मातृभूमिका रहेका केशवले एक दर्जन गीत रेकर्ड गराउन भ्याइसकेका छन् ।

जसमध्ये राजु आङ्देम्बेद्वारा संगीतबद्ध ‘ताप्लेजुङको पाथीभरा’को गीतको भिडियो उनको आफ्नै युटुब च्यानलबाट सार्वजनिक भएको छ । उक्त गीतमा उनलाई गायिका जुनी खालिङ राईले सघाएकी छिन् ।