कतारमा एमबीको ओए काले सार्वजनिक

काठमाडौं । सन्ध्या फिल्म्स् एन्ड मिडियाको दोश्रो म्युजिक भिडियो ‘ओए काले’ सार्वजनिक भएको छ । सन्ध्या ग्रुप अलखोर कतारको साहित्यिक बिभाग मुग्लानी सौगातको ७२ औ साहित्यिक वाचन डबलीको अवसरमा भिडियो सार्वजनिक गरिएको हो ।

भिडियो एक्का कम्पनी युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ । म्युजिक भिडियो निर्देशक सुरज तामाङद्वारा निर्देशन गरिएको गीतमा मोडल तथा डान्सर राज गुरुङको कोरियोग्राफी छ । एमबी लेप्चाको स्वर, जितेन लेप्चाको संगीत तथा प्रकाश सापकोटाको लय शब्द रहेको गीत राम्रो बनेको निर्माण पक्षले जनाएको छ ।

भिडियो कतारका विभिन्न मनमोहक सुन्दर पार्कहरुमा छायांकन गरिएको छ । अत्यन्त चर्चामा रहने बिश्वास लिएको यो भिडियोमा कलाकार तथा मोडलहरु राज गुरुङ, उर्मिला लामा, दिनेश गुरुङ, रमेश सुनार, सुबास खनाल लगाएतका कलाकार फिचर्ड छन् ।