सन्नी बने सुमीको कुले दाई

काठमाडौं । आगामी कार्तिक २२ गते रिलिज हुने फिल्म ‘सरौतो’को पहिलो गीत ‘कुले दाई’ सार्वजनिक भएको छ । सार्वजनिक लोकशैलीको गीतमा राजनराज शिवाकोटीको शब्द, संगीत र स्वर छ । गीतमा राजनराजलाई गायिका मिलन नेवारले गायनमा साथ दिएकी छन् ।

गीतमा अभिनेत्री सुमी मोक्तान र अभिनेता सन्नी सिंह फिचर्ड छन् । गीतमा निलिशा शाक्यको कोरियोग्रफी छ । सुमी र सन्नीका अलावा गीतमा पराकर्म पीजेबी राणा र सम्पदा दाहाल पनि छन् । छाँयाकार हरि हुमागाईको डेब्यू निर्देशन रहेको फिल्ममा सुमी र सन्नीसँगै विजय लामा, युवराज लामा, धिरेन शाक्य, आमिर गौतम, अरुणा कार्कीलगायतको अभिनय छ ।

विराञ्जना इन्टरटेनमेन्ट, स्क्वायर वानक्रिएसन, राइजिङ्ग फिल्म्स एण्ड ग्लिटर स्टुडियोको ब्यानरमानिर्माण भएको फिल्मले बदलाको कथा बोल्नेछ । फिल्ममा राघवकृष्ण गौतमको लेखन, उत्तम हुमागाईको छायांकन, निमेष श्रेष्ठको सम्पादन र शंकर महर्जनको एक्सन छ ।