सानो मनको गायन अफर

काठमाडौं । आगामी असार २७ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘सानो मन’ रिलिजको समय नजिकिँदै गएपछि प्रचारप्रसारको नयाँ अभियान सुरु गरेको छ । केही समय अघि मोफसलका सहर पुगेर काठमाडौं फर्किएको फिल्म युनिटले एक कन्टेस्टको घोषणा गरेको छ ।

यस फिल्मको शिर्ष गीत गाएको भिडियो पठाउने मध्ये उत्कृष्ट एक जनाले गायक रोहितजोन क्षेत्रीसँग गीत गाउन पाउनेछन् भने उक्त गीतको भिडियो पनि ‘सानो मन’ टीमले निर्माण गर्नेछ । निर्णायकमा गायक क्षेत्री स्वयं छन् । नयाँ प्रतिभालाई प्रोत्साहन गर्न यो कन्टेस्टको घोषणा गरिएको बताईएको छ ।

शिर्ष गीतमा रोहित जोन क्षेत्रीको स्वर तथा स्वप्निल शर्माको शब्द छ । सुयोग सोताङ्गले संगीत भरेका छन् । युट्युबमा यस गीतको भिडियोलाई दर्शकले निकै रुचाएका छन् । यो चलचित्रमा शिल्पा मास्के, आयुष्मान देशराज जोशी, सक्षम सुवेदी, गौरी मल्ल, विशाल पहारी, शिशिर वाङदेल, रश्मी भट्ट, देव कुमार श्रेष्ठ लगायतका कलाकारहरुको पनि अभिनय छ । सुयोग गुरुङ र मिलन श्रेष्ठले सम्पादन गरेका छन् ।

ओ.पि.जी फिल्मस्, ए प्लस इन्टरटेन्मेन्ट र हाई टेक इन्टरटेन्मेन्टको संयुक्त ब्यानरमा यो चलचित्र निर्माण भएको हो । समिर सुनुवार र निर्देशक गुरुङको संयुक्त लेखन रहेको ‘सानो मन’ लाई आलोक शुक्लाले छायांकन गरेका छन् । यस फिल्मका निर्माताहरू योगेश गुरुङ, राजीव श्रेष्ठ, रमेश के. मित्तल र राजेन्द्र मानन्धर हुन् । रित बोहरा मुख्य सहायक निर्देशक हुन् भने प्रोडक्सन म्याजेनर यम प्रसाद ओली हुन् ।