काठमाडौं । अन्तर्राष्ट्रिय ब्युटी प्याजेन्ट ‘मिस्टर एण्ड मिस टुरिजम एम्बासडर युनिभर्स २०१९’ मा दमकका विनायकराज पोखरेलले ‘मिस्टर टुरिजम एम्बासडर युनिभर्स’को साथमा ग्राण्ड ट्रफी हात पारेका छन् । महिलातर्फ सपना भण्डारीले मलेसियामा भएको उक्त प्याजेन्टमा सहभागिता जनाएकी थिइन् ।
सपनाले सेकेन्ड रनर अप हुदै मिस इन्टरनेसनलको उपाधि जित्न सफल भइन् । जुलाई १ देखि जुलाई ७तारिक सम्म चलेको कार्यक्रम लिकास स्क्वायर अपार्टमेन्ट होटल कोटा किनाबालु सबाह मलेसियामा सम्पन्न भएको छ