शिशिरलाई लाग्यो बैसको चुरीफुरी

काठमाडौं । इलामे गायक शिशिर काफ्लेको नयाँ गीत ‘बैसको चुरीफुरी’को भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा शिशिर बुढाथोकीको शब्द तथा गायक शिशिरकै संगीत छ । गीतमा रोमी बस्नेतको एरेन्ज छ ।

कमल सिंह र श्रेया कार्की फिचर्ड भिडियोमा बुद्ध थापाको छायांकन, कमल खड्काको कोरियोग्राफी, विकास धमलाको सम्पादन र निकेश खड्काको निर्देशन छ । भिडियो ओएसआर डिजिटलको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।