भारत हार्दा ऋतिकलाई फाइदा

मुम्बई(एजेन्सी) । भारत र न्यूजिल्याण्डबीचको विश्वकप क्रिकेटको रोमान्चक सेमिफाइनल खेलमा भारत १८ रनले पराजित भएको छ । आफ्नो टिमले हारेको पीडा भारतीयले व्यहोरिरहँदा फिल्म ‘सुपर ३०’का निर्माताका लागि भने भारतको हार वरदान बनेको छ ।

समाचार अनुसार विश्वकपको फाइनल यही आइतबार हुँदैछ । धेरै भारतीय शुभचिन्तकहरु आफ्नो देशले न्यूजिल्याण्डलाई हराउनेमा विश्वस्त थिए । सेमिफाइनलसम्मको भारतको प्रदर्शन हेर्दा सबैले यही अनुमान लगाएका थिए । यही शुक्रबार ऋतिक रोशन अभिनित फिल्म ‘सुपर ३०’ रिलिज हुँदैछ । भारत विश्वकप फाइनलमा पुगेको भए फिल्मको बक्स अफिसमा असर पु¥याउने अनुमान गरिएको थियो ।

भारतमा सामान्यतयाः शुक्रबार रिलिज भएको फिल्मले आइतबार बम्पर कमाई गर्दछ । ऋतिकको फिल्मले शुक्रबार १४देखि १४ करोड रुपैंयाँको कारोबार गर्ने अनुमान गरिएको छ । फिल्मले सप्तान्तमा ३० देखि ५० करोडसम्म व्यापार गर्ने अनुमान लगाइएको छ । फिल्म भारतका करिब ३ हजार पर्दामा रिलिज हुँदैछ ।