७० हलमा आयुष्मान र शिल्पाको सानो मन

काठमाडौं । नेपाली फिल्म ‘सानो मन’ शुक्रबारबाट मुलुकका ७० भन्दा बढी हलमा रिलिज हुँदैछ । रिलिजको पूर्व सन्ध्यामा बिहिबार बेलुका फिल्म सानो मनको क्युएफएक्स कुमारी हलमा प्रिमियर गरियो ।

प्रिमियर शोमा नेपाली फिल्मकर्मीको बाक्लो उपस्थिति थियो । सांगीतिक प्रेम कथामा आधारित यो फिल्मलाई सुयोग गुरुङले निर्देशन गरेका हुन् । यो उनको डेब्यू निर्देशनमा निर्माण भएको फिल्म हो । आफुले फिल्मलाई राम्रो बनाउनु कुनै कसर बाँकी नराखेको यी निर्देशकले बताएका छन् । फिल्म सानो मनमा आयुष्मान देसराज जोशी, शिल्पा मास्के, सक्षम सुवेदी, गौरी मल्ल, विशाल पहारी, शिशिर वाङदेल, रश्मी भट्टलगायतका कलाकारहरुको मुख्य भूमिका रहेको छ ।

काठमाडौं, भैरहवा, बैंकक लगायतका ठाउँहरुमा छायांकन भएको यस फिल्मका निर्माताहरू योगेश गुरुङ, राजीव श्रेष्ठ, रमेश के. मित्तल र राजेन्द्र मानन्धर हुन् । समिर सुनवार र निर्देशक गुरुङको संयुक्त लेखन रहेको यस फिल्मलाई आलोक शुक्लाले छायांकन गरेका छन् । ओ.पि.जी फिल्मस्, ए प्लस इन्टरटेन्मेन्ट र हाई टेक इन्टरटेन्मेन्टको सानो मनलाई संयुक्त ब्यानरमा निर्माण गरेको हो । सुयोग गुरुङ र मिलन श्रेष्ठको सम्पादन रहेको यो फिल्मकोे भिएफएक्स नगेश कँडेलले गरेका छन् ।