मिस एसिया प्यासिफिकमा जोडियो किङफिसर

काठमाडौं । ८० भन्दा ज्यादा देशहरुमा अन्तर्राष्ट्रिय ब्राण्डका रुपमा स्थापित तथा रुचाइएका ब्रान्ड भएका किङफिसरले दोस्रो ‘मिस एसिया प्यासिफिक इन्टरनेशनल, नेपाल २०१९’को लागि मुख्य–प्रायोजन गरेको छ । प्रतिभा छनौटका ५१ औं संस्करणका रुपमा आयोजित ‘मिस एसिया प्यासिफिक इन्टरनेशनल, २०१९’मा नेपाली प्रतिभाहरुका सहभागिता हुने छ । यस कार्यक्रममा किङफिसर मुख्य–प्रयोजकका रुपमा रहने छ भने एस्पाएर करियर कन्सल्टेन्सी शैक्षिक साझेदार तथा आइ इ सि स्कुल अफ आर्ट एण्ड फेसन आधिकारिक ड्रेस डिजाइनरका रुपमा रहने छ ।

यस कार्यक्रमको आयोजना ग्रुप अफ इभेन्ट इन्टरटेनर्सले गर्ने छ र यसमा किङफिसरको ब्राण्ड भ्याल्यु प्रस्तुत हुने विश्वास लिइएको छ । किङफिसरल निरन्तर रूपमा आफ्ना ग्राहकहरूलाई संगित, फैशन, खाना र खेलकुदका घटनाहरूसँग जोडिएका रोमाञ्चक तरिकाहरूमा संलग्न हुन उत्प्रेरित गर्दै आएका छ ।

मिस एसिया प्यासिफिक इन्टरनेशनल नेपालमा यो दोस्रो वष आयोजना भइरहेका छ । यो वष अडिसनको लागि देशव्यापी रुपमा किङफिसर मिस एसिया प्यासिफिक इन्टरनेशनल नेपाल जाने छ । प्रतियोगीमध्ये अन्तिम चरणमा पुगेका सहभागीहरुलाई काठमाडा ल्याइ सम्बन्धित क्षेत्रका दक्ष एवं विशेषज्ञहरुद्वारा एक हप्ताको प्रशिक्षणसमेत प्रदान गरिने छ । फाइनल प्रतियोगितामा सहभागी गराइने छ ।

मिस एसिया प्यासिफिक इन्टरनेशनल नेपाल, २०१९ मा विजेता हुनुहुनेले २५ सेप्टेम्बरदेखि १० अक्टोवर सम्म फिलिपिन्सका मनिलामा सञ्चालन हुने ५१ आ मिस एसिया प्यासिफिक इन्टरनेशनल,२०१९ मा नेपालका तर्फबाट प्रतिनिधित्व गर्न पाउनुहुने छ । त्यस गरी फस्ट रनरअप ल मिस टुरिजम क्विन इन्टरनेशनल २०१९ को आयोजना हुने राष्ट्रमा सहभागी हुन पाउनुहुने छ । त्यसै गरी सेकेन्ड रनरअपले दक्षिण कोरियामा आयोजना हुने मिस ग्लोबल ब्युटी क्वीन २०१९ मा नेपालका तर्फबाट सहभागीता जनाउन पाउनेछन् । उक्त कार्यक्रम जुन २० सेप्टम्बरदेखि ४ अक्टोवरसम्म सञ्चालन हुने छ ।