काठमाडौं । गायक शिव परियार र गायिका बुनु श्रेष्ठको स्वर रहेको ‘तिमी ओके’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । गीतलाई साउन्ड मिलको अफिसियल युट्युब मार्फत सार्वजनिक गरिएको छ ।
सार्वजनिक गीतमा कृष्ण भारद्वाजको शब्द, नेत्र काफ्लेको संगीत रहेको छ । गीतलाई जीवन बडूले एरेन्ज गरेका हुन् । गीतको भिडियोमा अन्जली अधिकारी, गम्भीर विष्ट र सुरेन्द्र बसेल फिचर्ड छन् ।
भिडियोलाई गम्भीर बिष्टले निर्देशन तथा कोरियोग्राफी गरेका हुन् । नवराज उप्रेतीले छायांकन गरेको यस गीतलाई नबिन निरौलाले सम्पादन गरेका हुन् ।