आँचललाई अरुणको ओ प्रिय

काठमाडौं । गायक, संगीतकार एवं रचनाकार बासुदेव केसीले आफ्नो पहिलो एल्बम ‘राइजिङ सन’ मा रहेको ‘ओ प्रिय’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । सार्वजनिक भिडियोमा अरुण क्षेत्री र आँचल शर्मा फिचर्ड छन् ।

आँचललाई एकोहोरो प्रेम गर्ने अरुण आँचललाई आफ्नो बनाउन कोशिस गरिरहेका देखिन्छन् । भिडियोको निर्देशन कोरियोग्राफर तथा डान्सर राहुल शाहले गरेका छन् भने सम्पादन तथा छायांकन पवन सुस्लिङ्ग रहेको छ ।

गायक केसीको स्वर, संगीत तथा शब्द रहेको गीतमा मोहित मुनालको एरेञ्ज रहेको छ । गीतमा आफुले मन परेको मान्छेलाई प्रेमको अपिल गरिएको भाव समेटिएको छ ।