रातो गलबन्दीमा नाँचे केकी र कोशिष

काठमाडौं । सामाजिक प्रेमकथामा निर्माण गरिएको फिल्म ‘रातो गलबन्दी’ को शीर्षगीतसँग फस्टलुक पनि सार्वजनिक भएको छ । साउन १७ गते प्रदर्शन हुने फिल्मको शीर्ष गीतमा केकी अधिकारी र कोशिष क्षेत्री फिचर्ड छन् ।

नवनिर्देशक अनिश थापाको निर्देशनमा बनेको फिल्मको गीतमा राजेशपायल राई र श्रेया राईको स्वर, लोकराज अधिकारीको शब्द र विनोद खम्बुको संगीत छ । यता सार्वजनक पोस्टरमा केकी, कोसिस र बुद्धिलाई प्राथमिकता दिइएको छ ।

मनिसमा फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्मको स्क्रिप्ट किरण माइकलले लेखेका हुन् । हिमाल कडरियाको कथा रहेको फिल्मको सहनिर्माता बासुदेव घिमिरे,अमृता मगैराम र कृष्ण घिमीरे तथा प्रकाश दुलाल कार्यकारी निर्माता छन् । निर्देशक थापा ‘रातो गलबन्दी’ भरपुर मनोरञ्जनका साथै सामाजिक सन्देशयुक्त फिल्म भएको बताउछन् ।

पूर्वी नेपालका बिभिन्न स्थानमा खिचिएको फिल्मको लाइन प्रोड्युसरमा प्रकाश सेनदाङ,मनोज उप्रेती र युएस लाइन प्रोड्युसरमा बेनुप्रसाद मैनाली छन् । सुमन तामाङले खिचेको फिल्ममा अष्ट महर्जनको द्वन्द्व निर्देशन छ । रातो गलबन्दीको बितरण आरआर फिल्मस्ले गर्दैछ ।