काठमाडौं । आगामी साउन १० गतेबाट रिलिज हुने फिल्म ‘एकलब्य’को दोस्रो गीत ‘मलाई बनायौ किन’को भिडियो बिहिबार रिलिज गरिएको छ । अघिल्लो गीत ‘पूर्वै चल्नेया रेल…’ लाई दर्शकले रुचाएपछि निर्माण पक्षले यो दोश्रो गीत रिलिज गरेको हो । प्रदर्शनी मिति नजिकिँदै गर्दा निर्माण पक्ष अहिले प्रचारमा जुटेको छ । एकलब्यको यो प्रेम भावको गीतमा युवराज चौलागाई र मेलिना राईको स्वर रहेको छ । गीतको शब्द संगीत राजेन्द्र बजगाईको हो ।
यो गीतमा अभिनेता सोनाम थापामगर र अभिनेत्री ओसन भट्टराईबीचको प्रेम सम्बन्ध देखाईएको छ । भिडियोलाई ओएसआर डिजिटल युट्युव च्यानलबाट रिलिज गरिएको हो । गीतको कोरियोग्राफी रामजी लामिछानेले गरेका हुन् । फिल्म एकलब्यलाई अनमोल शर्मा निर्देशन गरेका हुन् । उनका अनुसार यो फिल्म पारिवारिक प्रेम कथामा आधारित छ । जसमा समाजका विभिन्न अपराधिक घटनालाई उठाइएको छ ।
सोनाम र ओसिन भट्टराईसँगै पुष्कर राउत, शुशिल पोखरेल, शुष्मा कार्की, महिला सिलवाल, राजेन्द्र दुलाल, बिराग लोगुनसहितको मुख्य भूमिका रहेको छ । एकलब्यलाई राजेन्द्र दुलाल, सोनाम थापामगर र अभी थापामगरले निर्माण गरेका हुन् । यो फिल्ममा कविराज गहतराज र रामजी लामिछोनेको कोरियोग्राफी, राजेन्द्र बजगाईंको गीत÷संगीत, भोजराज देवकोटाको पटकथा सम्बाद, कृष्ण श्रेष्ठको छायाँकन, अर्जुन जिसीको सम्पादन रहेको छ ।