सुष्माको पारिश्रमिक १० लाख !

काठमाडौं । निर्माता अरुण खड्काले निर्माण तथा निर्देशन गर्न लागेको फिल्म ‘फटाह फणिन्दे्र’ मा नायिका सुष्मा कार्की अनुबन्धित भएकी छन् । निर्माण पक्षका अनुसार सुष्माले १० लाख पारिश्रमिक लिएर फिल्ममा अनुबन्धित भएकी हुन् । निर्माता अरुणले अरुण फिल्म प्रोडक्सनको तेस्रो प्रस्तुतिका रुपमा यो फिल्म निर्माण गर्न लागेका हुन् ।

‘तिम्रो लागि’, ‘पाठशाला’ लगायत केही फिल्म निर्माण गरेका अरुण यसै फिल्मबाट निर्देशनमा डेब्यु गर्न लागेका हुन् । फिल्म निर्माणको सिलसिलामा आफुले यो क्षेत्रमा बिताएको एक दशकमा सिकेको र बटुलेको अनुभव ‘फटाह फणिन्दे्र’मा खन्याउन लागेको खड्काले बताए ।

उत्तम केसीको कथा, हिमाल उप्रेतीको पटकथा सम्वाद रहेको फिल्ममा रोशन श्रेष्ठको एक्सन र हरि घले लामाको छायाँकन रहनेछ । नेत्र बिष्ट कार्यकारी निर्माता रहेको फिल्म कमेडी जनरा निर्माण हुन लागेको हो । फिल्मको छायाँकन आगामी कात्र्तिकबाट सुरु हुनेछ ।