देशभरका ६२ हलमा सोनामको एकलब्य

काठमाडौं । फिल्म ‘एकलब्य’ शुक्रबारबाट मुलुकका सिनेमा हलमा रिलिज हुँदैछ । एकलब्य देशभरका ६२ ओटा सिनेमा हलबाट रिलिज हुने भएको छ ।  अनमोल शर्माले निर्देशन गरेका फिल्म एकलब्य एक्सन प्रधान रहेको छ । यो फिल्मका निर्माता एवम् अभिनेता सोनाम थापा मगरका अनुसार फिल्मले सिँगलसँगै केही मल्टिप्लेक्स हलमा पनि पाएको छ ।

एकलब्यमा सोनम थापामगर, पुष्कर राउत, ओसिन भट्टराई, महिला सिलवाल, शुशिल पोखरेल, शुष्मा कार्की, राजेन्द्र दुलाल, बिराग लोगुनसहितको अभिनय रहेको छ । फिल्म एकलब्यलाई अनमोल शर्माले निर्देशन गरेका हुन् । दर्जन भन्दा बढी फिल्ममा मुख्य सहायक निर्देशक भएर काम गरिसकेका शर्माको यो डेब्यु निर्देशन हो । पुरानो अनुभवको आधारमा आफुले राम्रो फिल्म बनाउने कोसिस गरेको पनि शर्माले बताए ।

निर्देशक शर्माका अनुसार एकलव्य समसामयिक बिषयमा निर्माण गरिको सामाजिक प्रेम कथामा आधारित छ । ट्रेलरमा गुण्डागर्दी, अपहरण, हत्या, भ्रस्टाचार जस्ता अहिलेका विविध समस्यालाई प्रस्तुत गरिएको छ ।यो फिल्म हेर्दा दर्शकहरुलाई अहिलेको समसामयिक घटना हामीले हेरिरेहेका छौं महसुस हुने यसका अभिनेता सोनाम थापाले बताए । एकलब्यलाई राजेन्द्र दुलाल, सोनाम थापामगर र अभी थापामगरले निर्माण गरेका हुन् ।

यो फिल्ममा कृष्ण श्रेष्ठको छायाँकन, अर्जुन जिसीको सम्पादन, कविराज गहतराज र रामजी लामिछोनेको कोरियोग्राफी, राजेन्द्र बजगाईंको गीत÷संगीत, भोजराज देवकोटाको पटकथा सम्बाद, रहेको छ ।