काठमाडौं । गायिका सुमिता राईको एकल एल्बम ‘सगुन’ सार्वजनिक भएको छ । राजधानीमा एक कार्यक्रमका बीच निर्देशक प्रकाश सायमी तथा शिलाबहादुर मोक्तान र कुन्ती मोक्तानले एलबम सार्वजनिक गरे ।
एलबममा मुकेश राई, प्रतिक चामलिङ, निर्मल परिवेश राई र कुमार विवाहितको शब्द, विक्रम राई, मन थुलुङ्ग राई, पुजन लोह्गन, कुमार विवाहित र शिलाबहादुर मोक्ताको संगीत तथा गीतमा एरेन्जमेन्ट संजय हमाल, शिलाबहादुर मोक्तान, रिदन कंडेल, फणिन्द्र राई, हरि लम्साल र पुरुषोत्तम सुवेदीको छ ।
एलबमको ‘हरेक साँझ ‘नामक गीतलाई रोमान्टिक शैलीमा नृत्य निर्देशक गोबिन्द राईले निर्देशन गरेका छन् । जहाँ गायिका सुमिता राई र खरुन राई पिÞmचर्ड भएका छन् । जहाँ दुईको केमेस्ट्री रोमान्टिक देखिएको छ । नयाँ र नौलो प्रयोग गरिएर खिचिएको गीतमा उमिशा पाण्डेको मेकअप, दिपेन्द्र बस्न्यातको छायांकन र दिपेन्द्र बस्न्यातकै सम्पादन देख्न सकिन्छ । गीतलाई निर्माण लगानी खरुन राईले गरेका छन् ।