तेक्वान्दो सिक्दै शाहरुख पुत्र अब्राहम

मुम्बई(एजेन्सी) । बलिउड अभिनेता शाहरुख खानका छोरा अब्राहमले तेक्वान्दो तालिम सुरु गरेका छन् । शाहरुखले अब्राहमसँगै आर्यन र सुहानाको तेक्वान्दो पहिरनसहितको तस्बिर सार्वजनिक गरेका छन् ।

‘परिवारमा तेक्वान्दोको परम्परालाई अगाडि बढाउँदै किरण टिचरको फाइट क्लबमा नयाँ भर्ती । हाल यो पहेंलो बेल्ट हो’ भन्दै शाहरुखले तस्बिरको क्याप्सनमा लेखेका छन् ।’ शाहरुखले लेखेका छन् । अब्राहम हाल ६ वर्षका भए । उनको जन्म सरोगेसीमार्फत २०१३ मा भएको थियो । शाहरुख अब्राहमलाई निकै मनपराउँछन् । त्यसैकारण पनि अधिकांश समय उनी अब्राहमसँगै हुन्छन् ।

हालैमात्र कृष्ण जन्माष्टमीमा शाहरुख र अब्राहमको तस्बिर भाइरल भएको थियो । जसमा अब्राहम साथीहरुसँग दही हाँडी खेल खेलिरहेका थिए । जसलाई शाहरुखले क्यामरामा कैद गरिरहेका थिए ।